Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौँ । प्रहरीले हुण्डी कारोबार गर्ने तीन जनालाई काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए ।
डिआईजी थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।