गण्डकी प्रदेशमा थप ८८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका ६ जिल्लामा ८८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ५०, गोखराका ३३, लमजुङका २ तथा तनहुँ, नवलपरासी, बागलुङका १/१ संक्रमित रहेका छन् ।
यो सँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय २८ पुगेको छ ।
तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।