• मंगलबार, असोज २० २०८३

गोरखाका एकसहित पाँच कछुवा कारोबारी पक्राउ


सोमबार, कार्तिक १७ २०७७
780
Shares

काठमाडौं । कछुवाको अवैध रुपमा बेचबिखन गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्।

कछुवा विक्रीवितरण गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्की बताए ।

पक्राउ पर्नेमा रामेछापका २९ वर्षीय नैन बहादुर आले मगर, ३३ वर्षीय छेवाङ लामा, २७ वर्षीय राजकुमार घिसिङ, २९ वर्षीय दावा लामा र गोरखाका २४ वर्षीय सुजन उपरकोटी छन्।

उनीहरूबाट प्रहरीले एक जीवित कछुवा समेत बरामद गरेको छ। सो कछुवा उनीहरूले रामेछापबाट ल्याएको एसपी कार्कीले बताए।

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले जिल्ला वन कार्यालय भक्तपुर पठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार