गोरखा । गोरखा जिल्लामा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित जिल्लाका ५ स्थानीय तहमा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय गोरखाले जिल्ला प्रसासन कार्यालय गोरखाका एक कर्मचारीसहित ३३ जनामा संक्रमण पुष्टी भएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।
थपिएका संक्रमित मध्थे गोरखा नगरपालिकाका १० जना, पालुङटार नगरपालिकाका ८ जना, शहिद लखन गाउँपालिकाका ४ जना, आरुघाट गाउँपालिकाका १ जना, अजिरकोट गाउँपालिकाका ७ जना, आँपपिपल अस्पतालमा उपचारका लागि पुगेका १ जना तथा प्रमुख जिल्ला अधिकारी र उहाँकी श्रीमती रहेका छन् ।