• शनिबार, साउन १६ २०८३

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु


सोमबार, कार्तिक १७ २०७७
1K
Shares


चितवन । कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुरका पुरुषमा यही कात्तिक १३ गते संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारकै क्रममा आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङकी महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार