गोरखा । करिब ६ करोडको लगानीमा गुप्सीपाखा नमुना बस्तीको घरघरमा खानेपानी पु¥याइएको छ । धार्चे गाउँपालिका ४ को लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघले निर्माण गरेको नमुना बस्तीको ५ सय ७३ घरधुरीमा खानेपानीको धारा जडान गरिएको हो ।
श्री स्वाँरा सघन गाँउ बिकास केन्द्रले केयर नेपाल र खानेपानी तथा सरसफाई डिभिजन कार्यलय गोरखासंगको साझेदारीमा ५ करोड ८७ लाख २० हजार ८ सय ३ रुपैया लगानीमा बस्तीका सबै ५ सय ७३ घरधुरीसंगै स्वास्थ्य चौकी र विद्यालयमा समेत खानेपानी पु¥याएको हो ।
केहि बर्षदेखि निर्माणाधिन खानेपानी आयोजना सम्पन्न भएपछि शनिबार एक कार्यक्रमका बिच स्थानीयलाई हस्तान्तरण गरिएको स्वाँरा सघन गाउँविकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए ।

धार्चे गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न भएको आयोजना गण्डकी प्रदेश सरकारका वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री बिकास लम्सालले गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ मार्फत वडा अध्यक्ष राज गुरुङ र खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन ।
आयोजनामा केयर नेपाल र श्री स्वाराँ सघन गाउँबिकास केन्द्रको ३ करोड ७० लाख २४ हजार ७ सय ११ रुपैया खानेपानी डिभिजन कार्यालय गोरखाको १ करोड ८७ लाख ३ हजार ७६ रुपैया र स्थानीयको २९ लाख ९३ हजार १६ रुपैया बराबरको श्रमदान गरी कुल ५ करोड ८७ लाख २० हजार ८ सय ३ रुपैया खर्च भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
२१ दशमलव ३७ किलोमिटर टाढा रहेको भोलमेचेत मुहानबाट पानी ल्याई गुप्सीपाखा नमुना बस्ती भन्दामाथी ८०, ६०, र ३० घन मिटरको ३ रिजर्भभ्वाएर ट्यांकी निर्माण गरि ५ सय ७३ घरधुरी र हेल्थपोष्ट तथा मणीकाम देवी मा.विलाई समेत पानीवितरण गरिएको उनको भनाई छ ।