• शुक्रबार, साउन ८ २०८३

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द


बिहिबार, मंसिर १२ २०७६
1.2K
Shares

बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द

सुनाखरी न्युज/
काठमाडौं-
नयाँ ब्यवसथ पश्चात बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानी र बीमाको नविकरणमा समस्या देखिएको छ । नियमन हुनुअघिसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले एजेन्ट कोड लिई गरेको जीवन बीमाको नविकरण शुल्क भुक्तानी गर्न समस्या परेको छ । बैंकका ऋणी तथा अन्यले बैंक मार्फत गरेको जीवन बीमाको शुल्क भुक्तानीमा समस्या देखिएको हो ।

 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बैंकास्योरेन्समाथि रोक लगाउँदै ऋण लिने ऋणीको हकमा मात्रै बैंकले बीमा गर्न सक्ने व्यवस्था गरेको थियो । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले बैंकास्योरेन्स शाखा नै बन्द गरिसकेका छन् । बैंकका बैंकास्योरेन्स शाखा बन्द भएसँगै बैंकमार्फत जीवन बीमा गरेकाहरुको बीमा शुल्क नियमित हुन सकेको छैन ।

 

सन नेपाल लाईफका प्रमुख कार्यकारी तथा लामो समय बीमा समितिमा काम गरेका राज कुमार अर्यालले बैंकमार्फत भएको बीमा दवावपूर्ण तरिकाले गरिएकाले उनीहरुको आर्थिक अवस्था, सचेतनाको अवस्थामा सुधार नभए नियमित गर्न नसकिने बताउँछन् । नियमनकारी निकायले विशेष अभियान सञ्चालन गरेर हाल बन्द रहेको बैंकास्योरेन्समार्फत बीमा गरेकालाई बीमा नियमित गर्न सघाउनुपर्ने उनको धारणा छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ रमेश कुमार भट्टराई बैंकमार्फत भएका बीमाको नविकरणमा समस्या आउने स्वीकार गर्दछन् । उनले भने, “समस्या त आई नै हाल्छ, स्वच्छाले नगरिएका कारण त्यस्ता बीमा नविकरणमा समस्या आउँछ नै ।” सिईओ भट्टराईले हाल बैंकास्योरेन्स बन्द भएपनि गरिसकेको बीमालेखलाई नविकरण गर्न बैंकले नै भूमिका खेल्नुपर्ने बताए । १० वर्षको एजेन्टको सेवा दिने शर्तमा बैंकले बीमित र बीमा कम्पनीबीचमा भएको कारोबारबाट कमिशन लिइसकेपछि भाग्न नमिल्ने महालक्ष्मीका सिईओ भट्टराईको तर्क छ ।

 

अधिकांश बीमा कम्पनीका अधिकारीहरु बैंकमार्फत भएका बीमाको नविकरण शुल्क भुक्तानीमा समस्या रहेको बताउँछन् । बैंकमार्फत भएका बीमाको नविकरण गर्ने बेला भइसकेको छ, ऋण लिने बाहना तथा दवावपूर्ण तरिकाले भएका बीमाहरु ड्रपआउट हुने चरणमा रहेको देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार