????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
काठमाडौं । नेपाललाई पैँचोमा मल दिने समझदारीबाट बंगलादेश पछि हटेको छ । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको सरकारी अधिकारीहरुले बताएका छन् ।
दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जानकारी दिए ।
नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएको ती अधिकारीले बताए । पैंचोमा मल दिन बंगालेदेशले अविश्वास गरे जस्तो देखिएपछि अब मल किन्नै पर्ने अवस्थामा पुगिएको ती अधिकारीले बताए ।
जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका अधिकारीले बताएका छन् ।