काठमाडौं । गएराति भएको खेलमा कोलकाता नाइड राइर्डससँग ६० रनले पराजित हुँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ । राजस्थान आईपीएलबाट बाहिरिने मध्ये तेस्रो टोली बनेको छ।
जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । कोलकतासँग हार्दै राजस्थान लिग चरणबाटै बाहिरिको हो।
कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रन मात्र बनाउन सक्यो। जस बटलरले ३५, राहुल टेवाटिया ३१ रनमा पवेलियन फर्के।
प्याट कमिन्स एक्लैले ४ विकेट झार्दा वरुण चक्रवर्ती र शिवम माभीले समान २ विकेट लिए। कमलेश नगरकोटीको नाममा एक विकेट रह्यो।
त्यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो। कप्तान ओईन मोर्गन ६८ रनमा नटआउट रहे। उनले ३५ बलमा ५ चौका र ६ छक्का हाने।
दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ७२ रनको साझेदारी गरे। गिल ३६ रनक्मा क्याच आउट भए। त्रिपाठी ३९ रनमा क्याच आउट भए।
राहुल टेवाटियाले ३ विकेट झारे। कार्तिक त्यागीले २ विकेट लिए। जोफ्रा आर्चर र श्रेयस गोपालले समान १ विकेट लिए।