काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका—१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०.९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १.२८ प्रतिशत छ ।