काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय नाघेको छ।
आइतबार मध्यान्हसम्म थप २ सय ५२ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ७ हजार ५ सय ६८ पुगेको हो।
प्रदेश सवस्थ्य निर्देशनालयका अनुसार आइतबार कास्कीका मात्रै १ सय ५८ जना रहेका छन्। त्यस्तै अन्य थपिएका संक्रमितमा नवलपरासी पूर्वका ३१, तनहुँका २५, बागलुङका ४, पर्वत ३, स्याङ्जा ७, म्याग्दी २, गोरखा ११ र लमजुङ ११ रहेका छन्।
संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ।