काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । कास्कीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
यही कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड—१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका—३ का ४७ वर्षीय पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको हो ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।