• मंगलबार, असोज २० २०८३

साढे ११ लाखसहित १८ जुवाडे पक्राउ


आइतबार, कार्तिक १६ २०७७
735
Shares


काठमाडौँ । प्रहरीले साढे ११ लाख रुपैयाँसहित ललितपुरबाट १८ जना जुवाडे पक्राउ गरेका छन्।

प्रहरीले शनिबार राति महालक्ष्मी नगरपालिका७ चाङ्गाथलीबाट १८ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनीहरू शंकर बस्नेतको दुई तले पक्की घरमा जुवा खेलिरहेका थिए।

प्रहरी निरीक्षक श्यामकुमार कट्वालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक–२ का ४९ वर्षीय सुरेश पौडेल, ४३ वर्षीय पूर्णकृष्ण श्रेष्ठ, ३६ वर्षीय विकास श्रेष्ठ, ४३ वर्षीय केशव बस्नेत, ५७ वर्षीय मधुसुदन महत छन्।

त्यसैगरी, ४३ वर्षीय पवन खत्री, ५४ वर्षीय श्याम कायस्थ, महालक्ष्मी नगर–५ का ५४ वर्षीय भुवन रानामगर, बेल बहादुर बुढाथोकी, ४६ वर्षीय विश बहादुर बुढाथोकी, ४३ वर्षीय सन्तोष रानामगर, ४३ वर्षीय दिप श्रेष्ठ, ५४ वर्षीय शंकर बस्नेत, ४५ वर्षीय भरत थापा, ४० वर्षीय राजाराम बस्नेत र ५० वर्षीय राजन महर्जन पनि पक्राउ परेका थिए।

त्यस्तै, काठमाडौं महानगर–३२ का ४९ वर्षीय गोकुल खड्का पनि पक्राउ परेका छन्।

उनीहरूबाट प्रहरीले ११ लाख ५५ हजार ५ सय ७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा बरामद गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार