आपत्तिजनक शब्द प्रयोग गरेर नयाँ गीत ‘पारा’ सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी मागेका छन् ।
भिटेनको गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएको छ।
विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले माफी मागेका छन्।