गोरखा । भूकम्पको केन्द्रबिन्दु आसपासका क्षेत्र समेटेर इपिसेन्टर एडभेन्चर टे«ल निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड, युनएनडिपि र धार्चे गाउँपालिकाको सयुक्त लगानीमा बारपाक देखि माछाखोलासम्म टे«ल निर्माण गरिएको हो ।
‘काठमाण्डौ पोखरा लगायतका सिमित ठाउँमा साइकिलिङ गर्नेहरुले नयाँ ठाउँ पाउनु भएको छैन । हामीले एउटा सुन्दर अवसर सिर्जना गरिदिका छौ,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘डाँडापाखा हरियालीको अवलोकन गर्दै उहाँहरुले अब साइकल चलाउन पाउनु हुन्छ । आशा छ यसले धेरैलाई आकर्षित गर्नेछ । र यसले पर्यटन पर्वद्धनमा पनि ठूलो मद्दत पुग्ने मेरो विश्वास छ ।’
शनिवार एक कार्यक्रमका वीच गण्डकी प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री बिकास लम्सालको उक्त टे«लको उद्घाटन गरेका हुन । भूकम्पको केन्द्रबिन्दु बारपाक, लापाक र आसपासका मनोरम स्थलहरु समेटेर निर्माण गरिएको उक्त टे«ल सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा कोसेढुङगा बन्ने मन्त्री लम्सालले विश्वास गरेका छन् ।

बारपाक देखि गुप्सीपाखाको नयाँ बस्ती, नदुरडाडाँ, नब्बैसुम्बे, उदाने ढुङुगा, गुम्दा, जुमगाउँ, सातकन्य पोखरी, यमगाउँ, लप्सिबोट हुँदै माछाखोलासम्मको १७ किलोमिटर लामो टे«ल बनाइएको छ । ‘१७ लाख पर्यटन बोर्डको १० लाख युएनडिपी र बाँकी धार्चे गाउँपालिकाको लगानी छ,’ अध्यक्ष गुरुङले भने, ‘यहाँ टे«ल मात्र होइन होडिङ बोर्ड र अन्य धेरै संरचनाहरु पनि बनाइएको छ ।’
टे«ल उद्घाटनका अबसरमा केही साइकल यात्रीहरुले माछाखोलासम्म साइकलिङ समेत गरेको वडा नम्बर ४ लाप्राकका अध्यक्ष राज गुरुङले जानकारी दिए । उक्त टे«ड निर्माण भएसँगै विभिन्न ठाउँका साइकल यात्रीहरुलाई भेला पारेर छलफल गर्ने गाउँपालिकाले योजना बनाएको छ ।
गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षता उद्योग वन तथा पर्यटन मन्त्री लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त गाउँपालिकाकी उपाध्यक्ष फूलमायाँ गुरुङ, बारपाक सुलिकोटका अध्यक्ष बिष्णु भट्ट, गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडी, नेकपाका जिल्ला सचिव प्रेम गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
पर्यटनलाई मुख्य जोड दिएर विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको धार्चे गाउँपालिकाको विद्यामान अबस्था र योजनाका बारेमा मन्त्री लम्सालसँग छलफल समेत भएको थियो ।