• सोमबार, साउन ११ २०८३

गोरखाका दुई पत्रकारमा कोरोना संक्रमण


शनिबार, कार्तिक १५ २०७७
700
Shares

गोरखाका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी भएकाहरुमा कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भिमलाल श्रेष्ठ र उनकी धर्मपत्नी समेत रहेकी गोरखाखबर डटकमका सञ्चालक रेणु श्रेष्ठ हुन् ।

चार दिन अघि स्वावको नमुना दिएका उनिहरुको आज शनिबार कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

श्रेष्ठ दम्पतीले आफुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन ।

हाल उनिहरु होम आइसोलेसनमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार