• सोमबार, साउन ११ २०८३

आज २५ सय ८ जनामा कोरोना पुष्टि, थप चार जनाको मृत्यु


शनिबार, कार्तिक १५ २०७७
590
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ।

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

शनिबार झापा, बाँके, प्युठान र कास्कीमा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार