गण्डकी प्रदेशमा शुक्रवार अहिले सम्मकै सबैभन्दा धेरै दुई सय ६९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रवार दिनभर जारी गरेका फरक फरक विज्ञप्तिमा यसको पुष्टि गरिएको छ। थपिएकामध्ये सबैभन्दा धेरै कास्की जिल्लाका एक सय ८३ जना रहेका छन्।
यस्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व) का २७, स्याङ्जाका ७, बागलुङका ९, तनहुँका २१, लमजुङका ४, गोरखाका ४, पर्वतका १० र म्याग्दीका ४ जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ।
निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा म्याग्दीका १८, पर्वतका ३२, गोरखाका १३, लमजुङका १४, तनहुँका ७४, कास्कीका छ सय ९८, बागलुङका १६, स्याङ्जाका २६ र नवलपरासी बर्दघाट सुस्ता पूर्व का ४३ जनाको स्वाबको पिसिआर परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा कुल नौ सय ३४ स्वाबको परीक्षण गरिएकोमा दुई ६९ जनामा सङ्क्रमणको पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा प्रदेशमा तीन जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशमा हालसम्म कुल ८८ हजार छ सय ४६ ओटा स्वाबको परीक्षण गरिएकोमा ७ हजार तीन सय १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएकाे थियो। पुष्टि भएकामध्ये चार हजार दुई सय २१ जनाले सङ्क्रमणलाई जितेका छन् भने सक्रिय केसको सङ्ख्या तीन हजार २० रहेको छ।
गण्डकीमा हालसम्म कोरोना पोजेटिभ रहेका छन् भने मृत्यु भएकाको सङ्ख्या ७५ पुगेको छ।