• मंगलबार, असोज २० २०८३

छुरा प्रहारबाट गोरखाका आशिषकाे काठमाण्डाैमा मृत्यु


शुक्रबार, कार्तिक १४ २०७७
985
Shares

काठमाडौंको टोखा नगरपालिका–५ मा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ।

धापासी बस्ने गोरखाकाे मुच्चाेक घर भएका २४ वर्षीय आशीष मगरको छुरा प्रहारबाट शुक्रबार मृत्यु भएको हो।

धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ।

अहिले वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार