• शनिबार, साउन १६ २०८३

मोहम्मद जयन्तीका अवसरमा आज प्रदेश २ मा सार्वजानिक बिदा


शुक्रबार, कार्तिक १४ २०७७
815
Shares

प्रदेश नम्बर २ ले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

‘इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी, प्रदेशवासीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्रीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रदेश र देशलाई शान्ति तथा अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन् भन्दै शुभकामना पनि दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार