• शनिबार, साउन १६ २०८३

भाले कुखुराको आक्रमणबाट एक प्रहरीको मृत्यु


बुधबार, कार्तिक १२ २०७७
915
Shares

भाले कुखुराको आक्रमणबाट एक प्रहरीको मृत्यु भएको छ।

फिलिपिन्सको उत्तरी सामर प्रान्तमा अवैध रुपमा ‘भाले जुधाई’ खेलको आयोजना गरिएको थियो।

प्रहरीले छपा मार्दा त्यहाँ भालेहरु जुधिरहेका थिए। भालेहरु जुधिरहेको स्थानमा प्रहरी पुगेपछि भालेले प्रहरी फेफ्टिनेन्ट क्रिस्टिन बोलोकमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ।

भालेको खुट्टामा धारिलो ब्लेड जोडिएकाले उक्त ब्लेडले क्रिस्टिन गम्भीर घाइते भएका थिए। तिघ्राको नसामा चोट लाग्दा अत्यधिक रक्तश्राव भएको थियो।

अस्पतालमा लगिए पनि उनको मृत्यु भएको बताइएको छ। कोरोना प्रकोपबीच भाले जुलाई खेलमा प्रतिबन्ध लगाइएको थियो।

यद्यपी अवैध रुपमा भाले जुधाईको आयोजना गरिएको थियो। प्रहरीले हाल भाले जुधाई खेल आयोजना गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार