• शनिबार, साउन १६ २०८३

भारतीय सेनाअध्यक्ष नरवने कात्तिक १९ मा नेपाल आउँदै


मंगलबार, कार्तिक ११ २०७७
625
Shares

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवने कात्तिक १९ गते तीन दिने नेपाल भ्रमणमा आउने पक्का भएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोष वल्लभ पौडेलका अनुसार सेनाअध्यक्ष नरवने तीन दिने नेपाल भ्रमणमा आउन लागेको मंगलबार पुष्टि गरेका छन्।

सेनाअध्यक्ष नरवनेसँगै चार सदस्यीय उच्च तहका सैनिक अधिकारी पनि हुनेछन्। प्रवक्ता पौडेलका अनुसार तीन दिने भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्दाञ्जली अर्पण गर्नेछन्। 

त्यसपछि उनले जंगी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन्। त्यसपछि नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन्। यससँगै सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।

भारतले अतिक्रमण गरेको भूमिलाई लिएर दुई देशबीच विवाद बढेपछि गत फागुनमै तय भएको नरवनेको नेपाल भ्रमण रोकिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार