• शनिबार, साउन १६ २०८३

जुवा खालबाट वडाध्यक्षसहित १२ जना पक्राउ


मंगलबार, कार्तिक ११ २०७७
1.3K
Shares

जुवा खालबाट जनप्रतिनिधिसहित १२ जना पक्राउ परेका छन् ।

जुवाकाे खालबाट पक्राउ पर्नेमा गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष, निर्माण व्यवसायीलगायत रहेको एक प्रहरी अधिकृतले बताए ।

स्थानीयका अनुसार पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे, निर्माण व्यवसायीसमेत रहेका युवा संघका नेता राजु पाण्डे लगायत १२ जना रहेकाे बताइएकाे छ ।

उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नं. ८ तम्घासस्थित एभरग्रीन होटलबाट गएराति पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ७० हजार नगदसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार