• सोमबार, साउन ११ २०८३

गण्डकीमा आज थपिए २ सय ५२ संक्रमित , ४ को मृत्यु


सोमबार, कार्तिक १० २०७७
615
Shares

गण्डकी प्रदेशमा विजयादशीको दिन २ सय ५२ कोरोना संक्रमित थपिएका छन् । पोखरा र चितवनमा गरिएको परीक्षणमा ७ जिल्लाका २ सय ५२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका १०१, नवलपुरका ९८, तनहुँका २६, बागलुङका १७, लमजुङका ५, गोरखाका ४ स्याङ्जाका १ जना छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६७ सय ११ पुगेको छ । तीमध्ये ३८ सय ६४ जना निको भएका छन् ।

सोमबार ४ संक्रमितको मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्की र नवलपुरका २/२ जनाको मृत्यु पुष्टि गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार