इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा सहभागी हुने क्रममा अहिले यूएईमा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले दसैंमा टाढा रहनुपरेकामा भावुक कुरा लेखेका छन्।
ट्विटरमार्फत सबैलाई शुभकामना दिँदै उनले टाढा भए पनि मन नेपालमै भएको उल्लेख गरेका हुन्।
उनले ट्विटरमा लेखेका छन्, ‘हिन्दुहरूको महान् चाड शुभ विजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन्। सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना! सुरक्षित र स्वास्थ्य रहनुहोस्! सम्पूर्णमा मेरो माया। टाढा भए पनि मन भने नेपालमै छ। शुभ दसैं।’