गोरखा । गोरखामा आज थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दशैको टिकाको दिन गोरखा र पालुंटार नगरपालिकाका गरी ४ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थप भएका मध्ये गोरखा नगरपालिका ९ का ३२ र वडा नम्बर १० का ३९ बर्षका पुरुष रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
त्यस्तै पालुंटार नगरपालिका १० का ३३ र ३४ बर्षका पुरुषमा समेत संक्रमण देखिएको उनले बताए । उनिहरुको भरतपुर स्थित चितवन मेडिकल कलेजमा पिसिआर परिक्षण गरिएको बताइएको छ ।