काठमाडौं । काठमाडौंको सुन्धारास्थित मदिनी मस्जिदमा अज्ञात समुहबाट तोडफोड भएको छ ।
शनिबार बिहान डाेजर सहित आएका नचिनेका समूहले मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् । सयाै वर्ष पुरानो भनिएको यो मस्जिद बेला बखत भूमाफियाहरुको तारोसमेत बन्ने गरेको थियाे ।
निर्माणधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ । भोगचलन भने सयाै बर्षदेखि मस्जिद व्यवस्थापनले गर्दै आएको स्थानीय बताउछन ।
घटना लगत्तै मस्जिद परिसर पुगेका राष्टिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । यसअघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले स्मरण गरे ।
यता आजको घटनालाई नेपाल मुस्लिम संघले विरोध जनाएको छ । संघका केन्द्रियअध्यक्ष अब्दुल सतारले शनिबारकाे घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए ।

मस्जिद भत्काइएपछि काठमाडौं लगायत देशभरका मुस्लिम समुदाय आक्रोशित बनेका छन् । घटना लगत्तै देश बिदेशमा रहेका नेपाली मुस्लिम अगुवाहरुले सामाजिक सञ्जाल लगायतमा बिराेध जनाइरहेका छन ।
काठमाण्डाैका मिन्हाज खान फेसबुकमा लेख्छन :
धार्मिक स्थलको आस्था माथी भु – माफियाहरुको दादागिरी । सरकारको निर्लज्जताको परकाष्ठ सुन्धारा स्थित मदनी मस्जिद परापुर्व काल देखि कायम रहेको सर्वविदितै छ । आज फेरि तेस्रो पटक जग्गा दलालहरु बाट यो मस्जिद तोडफोड गरिएको छ । हामी सम्पुर्ण मुस्लिम समुदाय यो निन्दनीय कार्य पर्ती घोर आपत्ती र भत्सर्ना गर्दछौं ।
त्यस्तै कतारबाट माेहम्मद रमजान अलि मियाँले भनेका छन ।
यो मस्जिद माथिको आक्रमण मात्र नभई भुमाफिया लगायत अन्य बिचौलियाहरुले यो जग्गाको विवाद निकालेर हामी बिच रहिआएको आपसी एकता, सद्भाव तथा शताब्दीयौं बाट कायम रहिआएको धार्मिक सहिष्णुता खल्बल्याउन चाहेको प्रष्ट हुन्छ। यदि कसैले हाम्रो आस्था माथी प्रहार गरेर हाम्रो मेलमिलाप आत्मीयता लाई कम्जोर पार्न खोज्दछ भने त्यो उसको दिवा सपना मात्रै हुनेछ। यस जटिल अवस्थामा पहिलो दायित्व राज्य तथा राज्यका निकायको र त्यसपछि हामी सबैको हुन्छ। यस्का साथै हामी अत्यन्तै चनाखो हुनु हाम्रो दायित्व र जिम्मेवारी हुन्छ।
फेसबुक मै प्रतिनिधी सभा सदस्य कलिला खान लेख्छिन :
बारम्बार सम्मानित सदनdf कुरा उठाउदा पनि राज्य ध्यान नपुगेकोमा सम्पुर्ण नेपाली मुस्लिम समुदायमा अपमान भएको छ । सम्पुर्ण जनता आ-आफ्नो सांस्कृती चाडपर्वमा ब्यस्त रहेको मौका छोपी एकाबिहानै पैसालाई भगवान इश्वर (अल्लाह) सम्झने भुमाफिया दलालहरुले सुन्धारा स्थित मस्जिदमा डोजर लगाइ भत्काइएको खबरले मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो घटनाले मुस्लिम समुदाय हरुको मस्जिद माथी मात्र आक्रमण नभई नेपालको एकता सहिष्णुता र सद्भाव माथीको आक्रमण हो भन्ने मेरो ठहर छ, साथै यस्तो कार्यको म घोर भर्त्सना गर्दछु।
त्यस्तै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितीका अध्यक्ष शाह माेहम्मद मियाँले एक विज्ञप्ती जारी गर्दै धार्मिक स्थलमाथी आक्रमण हुदा समेत सरकार मुकदर्शक बनेकाे आराेप लगाएका छन । साथै मियाँले तत्काल घटनाकाे छानबिन गरी दाेषीलाई कारबाही गर्न माग समेत गरेका छन ।
यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।