• शनिबार, साउन १६ २०८३

दसैंको आज आठौं दिन महाअष्टमी पर्व मनाइँदै


शनिबार, कार्तिक ८ २०७७
760
Shares

हिन्दू धर्माबलम्बीको माहान् पर्व बडा दसैंको आज आठौं दिन। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा आराधना गरी मनाइँदै छ।

हिन्दू धर्माबलम्बीले आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने गर्छन्।

महाअष्टमीका दिन दसैँघर, कोतघर लगायत देशका विभिन्न शक्तिपीठहरुमा पशु बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। 

देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन्।

गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी लगायतका मन्दिरहरूमा हिन्दू धर्माबलम्बीले शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार