गोरखा । पोर्चुगलबाट सोनी गुरुङले असहाय तथा विपन्न बर्गलाई दशैं खर्च पठाएकी छिन् ।
पोखराको लामाचौर घर भई पोर्चुगल बस्ने सोनीले गोरखाका ११ जना अति विपन्न नागरिकलाई दशैं खर्चको जाहो गरिदिएकी हुन ।
कोरोना भाइरसका कारण लामो समय लकडाउन भई अफ्ट्यारो अवस्थामा रहेका विपन्न वर्गलाई सहयोग गर्न भन्दै उनले ५० हजार रुपैया पठाएकी हुन । नेपालमा पत्रकार मोहसिन अलि मियाँ मार्फत उनले सो रकम सहयोग गरेकी हुन ।
उनले पठाएको रकम बिहिबार गोरखा सदरमुकाममा एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले ११ जनालाई ४ हजार ५ सयका दरले रकम हस्तान्तरण गरेका छन् ।
नागरिक साझा सवाल गोरखाले दशै तिहार लगायतका चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा मेयर पन्तले अति विपन्न तथा असहाय ११ जनालाई सो रकम हस्तान्तरण गरेका हुन । कार्यक्रम साझा सवालका संयाेजक स्थानेश्वर दुवाडीकाे अध्यक्षतामा भएकाे हाे ।
दशैंको मुखमा विपन्न वर्गलाई आर्थिक जोहो गरिदिएकोमा नगरप्रमुख पन्तले सहयोगदाता गुरुङलाई धन्यवाद समेत दिएका छन् । सहयोग रकम पाउने नागरिक गोरखा नगरपालिकाको समन्वयमा छनौट गरिएको हो ।
गुरुङले यसअघि समेत बिभिन्न समयमा गरिब तथा विपन्न वर्गलाई सहयोग गर्दै आएकी थिइन ।
