• शनिबार, साउन १६ २०८३

दशै मान्न आउनेलाई होमक्वारेन्टिन बस्न गोरखा नगरपालिकाको अनुरोध


शुक्रबार, कार्तिक ७ २०७७
810
Shares

गोरखा । दशै मान्नका लागि बाहिरबाट आउनेहरुलाई होम क्वारेन्टिनमा बस्न गोरखा नगरपालिकाले अनुरोध गरेको छ ।

एक सार्वजानिक सूचना जारी गर्दै नगरपालिकाले बिषम परिस्थितीलाई मध्यनगर गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर घरमै बस्न अनुरोध गरेको हो ।

बिदेशबाट आउने सबै ब्यक्तिहरुको विवरण अनिबार्य रुपमा सम्वन्धित वडा अध्यक्षलाई जानकारी गराउनु पर्नेछ । उनीहरुको नाम वडा स्वास्थ्य चौकीमा टिपाउन भनिएको छ ।

बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरुले अनिबार्य रुपमा होम क्वारेन्टिनको नियम पालना गरी बस्न नगरपालिकाले आग्रह गरेको छ । होम आइसालेशनमा बसेकाहरुको निग्ररानी गर्न स्वास्थ्य संस्था र टोल बिकास संस्थाहरुलाई आग्रह गरिएको छ ।

यदी कोही कसैको स्वास्थ्य जटिल भएमा नजिकैको वडा अध्यक्षसँग समन्वय गरी अस्पताल लैजाने व्यवस्था मिलाइएको गोरखा नगरपालिकाले जनाएको छ ।

साथै चाडपर्वमा सार्वजानिक सवारी र निजी सवारी साधन अत्यावश्यक काम नपरी नगर्न भन्दै प्रयोग गर्नै परेको खण्डमा सवारीमा भिडभाड नगरी यात्रा गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न समेत सवैलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार