Novel coronavirus 2019 nCoV pcr diagnostics kit. This is RT-PCR kit to detect presence of 2019-nCoV or covid19 virus in clinical specimens. In vitro diagnostic test based on real-time PCR technology (Novel coronavirus 2019 nCoV pcr diagnostics kit. Th
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ३४९ रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १५ हजार २५५ थप पीसीआर परीक्षण भएको छ।
प्रवक्ता गौतमका अनुसार आज देशभरबाट थप ३ हजार २१५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।