• सोमबार, साउन ११ २०८३

हरिबंश आचार्यका दम्पती भए कोरोनामुक्त


बिहिबार, कार्तिक ६ २०७७
870
Shares

काठमाडौं । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य स‌क्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

कोरोना संक्रमण पुष्टि हुनु अघि आचार्य फिल्म ‘हुतुतु’को युनिटसँग स्क्रिप्ट तथा वरिष्ठ कलाकार मदकृष्णसँग एक प्रोजेटको सुटिङमा व्यस्त थिए । उनीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरोना परिक्षण गराएका थिए । सबैको रिपोट नेगेटिभ आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार