• शनिबार, साउन १६ २०८३

ब्राजिलमा कोरोनाको खोप परीक्षणमा सहभागी एक जनाको मृत्यु


बिहिबार, कार्तिक ६ २०७७
655
Shares


ब्राजिलमा जारी कोरोना भाइरसविरुद्धको खोप परीक्षणमा सहभागी एक स्वयंसेवकको मृत्यु भएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार यो जानकारी दिएको हो। तर खोप परीक्षण जारी रहने मन्त्रालयले जनाएको छ।

ब्राजिलमा अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोपको मानवीय परीक्षण भइरहेको छ। जुन खोप एस्ट्रेजेनेका कम्पनीले ठूलो मात्रामा उत्पादन गरिरहेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अक्सफोर्डले आकलनपछि परीक्षण जारी राख्ने जनाएको छ। विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘क्लिनिकल ट्रायलको सुरक्षामा कुनै चिन्ता छैन।’

यस विषयमा अहिलेसम्म खोप उत्पादक कम्पनी एस्ट्रेजेनेकाले कुनै टिप्पणी गरेको छैन।

रोयटर्सले एक स्रोतको भनाइ उधृत गर्दै जनाएअनुसार जुन व्यक्ति (स्वयंसेवक) को मृत्यु भएको छ, उनलाई कोरोनाविरुद्धकै खोप लगाइएको भए परीक्षण रोकिने थियो।

तर उनलाई कोरोनाविरुद्धको नभई मेनिन्जाइटिसको खोप दिइएको दाबी गरिएको छ।

ब्राजिलमा जारी खोपको तेस्रो चरणको परीक्षण सञ्चालन गर्ने साओपालोस्थित फेडेरल विश्वविद्यालयका अनुसार यस विषयमा स्वतन्त्र समिक्षा समितिले पनि परीक्षण जारी राख्न सुझाव दिएको छ।

मृत्यु भएका व्यक्ति ब्राजिलकै नागरिक हुन्। सीएनएन ब्राजिलका अनुसार २८ वर्षीय उनी रियो दि जेनेरियो बस्थे।

उनको मृत्यु कोरोनाका कारण उत्पन्न स्वास्थ्य जटिलताका कारण भएको बताइएको छ। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार