• शनिबार, साउन १६ २०८३

कोरोनाबाट ३३ वर्षीया गर्भवती महिलालाई सहित थप दुईको मृत्यु


बिहिबार, कार्तिक ६ २०७७
635
Shares

काठमाडौं । कोरोना संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका रत्ननगरका वृद्धलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई कात्तिक ५ गते एचडीयूमा राखेर उपचार गरिएको थियो ।

यसैगरी ३३ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासको समस्या भएकी ती महिला ३७ हप्ताको गर्भवती थिइन् । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार