गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहिबार बिहान १० बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गर्दै गोरखा सहित गण्डकीमा २२ जना संक्रमित थपिएको पुष्टि गरेको हो ।
जसमा गोरखाका ३ जना रहेका छन् । थपिएका संक्रमित मध्ये गोरखा नगरपालिका ८ का २१ बर्षिया महिला र सिरानचोक गाउँपालिका ३ का ४६ बर्षिय पुरुष रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
उनिहरुको चितवन मेडिकल कलेजमा कोरोना परिक्षण गरिएको बताइएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाका १ का १९ बर्षया महिलालाई समेत संक्रमण भएको छ । उनको भरतपुर अस्पतालमा परिक्षण गरिएको बताइएको छ ।
त्यस्तै गण्डकी प्रदेशकै नवलपुरमा १६ जना, तनहुँमा ३ जनामा समेत संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।
