• शनिबार, साउन १६ २०८३

घ्याम्पेशालबाट गोरखा आउदै गरेको ट्याक्टर झिंगटेमा दुर्घटना, २ घाइते


बुधबार, कार्तिक ५ २०७७
740
Shares

गोरखा । घ्याम्पेशालबाट गोरखा आउदै गरेको ट्याक्टर झिंगटेमा दुर्घटना भएको छ ।

बुधबार बेलुका करिब साडे ८ बजे भिमसेन थापा गाउँपालिका ६ को झिंगटेमा ट्याक्टर दुर्घटना भएको स्थानीय सुमन रेग्मीले सिभिलखबरलाई जानकारी दिए ।

ट्याक्टरमा सवार ४ जना रहेपनि २ जना बेपत्ता रहेको र २ जना घाइतेलाई जिल्ला अस्पताल ल्याइदै गरेको उनले बताए ।

सडकबाट ट्याक्टर धेरै तल खसेकाले हालसम्म फेला पार्न नसकिएको समेत उनले बताए ।

ट्याक्टरमा सवार २ जना समेत हालसम्म सम्पर्कमा नआएको र रातको समय भएकाले उद्दारमा समेत समस्या भएको रेग्मीले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलमा भरखरै आइपुगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार