• सोमबार, साउन ११ २०८३

कोरोनामुक्त हुनेको संख्या झण्डै एक लाख


बुधबार, कार्तिक ५ २०७७
745
Shares


काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या झण्डै एक लाख पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा भने २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार