• शनिबार, साउन १६ २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुग्यो


बुधबार, कार्तिक ५ २०७७
685
Shares


काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १ लाख ४४ हजार ८ सय ७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार १ सय १८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८ सय ९७ परीक्षणहरु गरिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार