गोरखा । गोरखामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये गण्डकी गाँउपालिका वडा नं. ७ का २४ र ४४ वर्षीय महिला रहेका छन् भने बाँकी सबै शहिद लखन गाँउपालिकाको ९ जना महिला र ११ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
शहिद लखन गाँउपालिकाका संक्रमितहरुको भने वडा नखुलाएको स्वास्थ्य निर्देशक शर्माले बताए । शर्माका अनुसार संक्रमित सबै कन्ट्याक टे«सिङको आधारमा पत्ता लागेको हो ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए ।