नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको बताए।
आज देशमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ। उनका अनुसार आज देशभरका संस्थागत आइसोलेसनमा १४ हजार ६ सय ७६ रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ थप पीसीआर परीक्षण भएको छ।
प्रवक्ता गौतमका अनुसार आज देशभरबाट थप२ हजार ९ सय ९६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ।