• शनिबार, साउन १६ २०८३

३ लाख १९ हजार नक्कली नोट सहित एक पक्राउ


बुधबार, कार्तिक ५ २०७७
815
Shares

Modern metal handcuffs. Vector illustration in flat style


चितवन । प्रहरीले १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिका—८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चन रहेको छ ।

चितवन राप्ती नगरपालिका—५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिईएको हो ।

थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार