गण्डकी प्रदेशमा आज पनि थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका ५ जिल्लामा ३८ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।
संक्रमित मध्ये कास्कीका १९, पर्वतमा १६, म्याग्दी, गोरखा र बागलुङमा १/१ जनामा रहेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा थप ३८ जनामा कोरोना देखिएको हो ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४३ पुगेको छ । संक्रमितमध्ये ३ हजार ६ सय ७९ जना निको भएका छन् भने ५७ जनाको मृत्यु भएको छ ।