• शनिबार, साउन १६ २०८३

मेसीको गोल सगैँ च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार सुरुवात


बुधबार, कार्तिक ५ २०७७
615
Shares


काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले सानदार सुरुवात गरेको छ।

मंगलबार राति भएको समूह ‘जी’ को खेलमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५—१ गोलले पराजित गरेको हो।

बार्सिलोनाका लागि लिओनल मेसीले खेलको २७ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे।

अन्सु फातीले ४२ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। फातीलाई गोल गर्न डे जोङले पास उपबल्ध गराएका थिए।

पहिलो हाफमा २० ले अघि रहेको बार्सिलोनाका लागि काउटिन्होले ५२ मिनेटमा तेस्रो गोल गरेका थिए। यसपटक फातीले गोलका लागि पास दिए।

बार्सिलोना ६८ मिनेटमा १० खेलाडीमा सीमित बन्यो। डिफेन्डर जेरार्ड पिकेलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाए। त्यसपछि फेरेन्कभारोसका लागि पेनाल्टीमा खाराटिमले गोल गरे।

८२ मिनेटमा बार्सिलोनाका लागि गोन्जालेजले चौथो गोल गर्दा खेल सकिन एक मिनेट बाँकी छदा डेम्बेलेले अर्को गोल थपेका थिए। डेम्बेलेलाई गोल गर्न मेसीले पास दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार