• सोमबार, साउन ११ २०८३

गोरखाबाट परीक्षणका लागी काठमाडौं पठाइएको स्वाब फिर्ता


बुधबार, कार्तिक ५ २०७७
735
Shares

गोरखा । गोरखाबाट कोरोना भाइरस संक्रमण परीक्षणका लागि काठमाडौं पठाइएको स्वाब परीक्षण विना नै फिर्ता भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाव परीक्षण नगरी मंगलबार फिर्ता पठाएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहका २ सय ३४ जनाको स्वाबको नमुना संकलन गरेर परीक्षणका लागि मंगलबार काठमाडौ पठाइएको हो । प्रयोगशालाले परीक्षण गर्न नमानेपछि फिर्ता ल्याइएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सननारायण अर्यालले बताए ।

प्रयोगशालाले उक्त स्वाब सम्बन्धित प्रदेशमा परीक्षणमा पठाउन आग्रह गरेको छ । अहिले ती स्वाब परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार