http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ८ सयको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन तोलामा ९५ हजार कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।