• सोमबार, साउन ११ २०८३

जाडोमा कोरोना महामारी अझ बढ्ने देखिन्छ, व्यापक तयारीमा लागौं : नेपाली सेना


बुधबार, कार्तिक ५ २०७७
645
Shares

काठमाडौं । जाडो महिनामा कोरोना भाइरसको संक्रमण अझ बढ्न सक्ने अनुमान गर्दै यसविरुद्धको तयारीलाई व्यापक बनाउनुपर्नेमा नेपाली सेनाले जोड दिएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गरिरहेको सेनाले ‘वर्तमान प्रवृत्ति’ को विश्लेषण गर्दा र बढ्दै गरेको जाडोका कारण कोरोना महामारी अझ फैलिन सक्ने निष्कर्ष निकालेका हुन् ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंस्थित सैनिक मुख्यालय जंगी अड्डामा सम्पन्न ‘पृतनापति समन्वयात्मक बैठक’ को समापनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले चिसो मौसममा कोरोना संक्रमण अझ बढ्ने उल्लेख गर्दै सबै पृतनालाई सरोकारवाला निकायसँग समन्वय गरी महामारीविरुद्ध तयारी गर्न निर्देशन दिएका हुन्।

महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन सल्लाह दिँदै प्रधानसेनापति थापाले कोरोना संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

बैठकमा जंगी अड्डामातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोरोना महामारीबाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुत गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

र्हेनुस् विज्ञप्ति :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार