• मंगलबार, असोज २० २०८३

गण्डकी प्रदेशले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने


बुधबार, कार्तिक ५ २०७७
750
Shares

गण्डकी प्रदेशले पनि कोरोना परिक्षण तथा संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ ।

प्ररदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने बताएका हुन्।

मुख्यमन्त्री गुरूङका अनुसार संक्रमितको उपचारलाई पहिले जसरी नै निरन्तरता दिने तथा शुल्क लिएर उपचार गर्ने बारे नसोचेको बताए ।

सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न निर्देशन दिएको बताउँदै उनले सर्वोच्चको आदेशविपरीत जान नहुने बताए।

प्रदेशमा कोरोना भाइरसको आफूखुसी परीक्षण गर्न चाहनेले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शुल्क तिरेर परीक्षण गर्न सक्छन् भने प्रदेशभरका ११ वटा जिल्लामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङको परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क परीक्षण हुँदै आएको छ।

आफूखुसी परीक्षण गर्दा देखिएका संक्रमितको उपचार र कन्ट्याक्ट ट्रेसिङको परीक्षण पनि निःशुल्क गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

उनले कोरोना संक्रमितलाई होम—आइसोलेसन बस्न चाहेनलाई घरमै र अस्पतालको आइसोलेसनमा बस्न चाहनेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरूवा रोग अस्पतालमा आइसोलेसनमा निःशुल्क राखेको बताए।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६७ जना पुगेको छ। जसमा ५४ जना संक्रमितको मृत्यु भइसकेको छ भने ३ हजार ६ सय ५ जना निको भएर घर फर्किसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार