• शनिबार, साउन १६ २०८३

दम्पत्तिले गरे तीन महिनाकी छोरीलाई अलपत्र छोडेर आत्महत्या


मंगलबार, कार्तिक ४ २०७७
595
Shares


एक दम्पत्ति घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ७ का २२ वर्षीय दिपक खनाल र उनकी २१ वर्षीया श्रीमती विपना खनाल आफ्नै घरको सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक हरि वलीले जानकारी दिए।

आत्महत्या गर्नुभन्दा पहिला उनीहरूको बीचमा आपसमा झगडा भएको देखिएको प्रहरी निरीक्षक वलीले बताए।

प्रहरीका अनुसार खनाल दम्पत्ति घरमा एक्लै बस्दै आएका थिए। उनीहरूको तीन महिनाकी छोरी छन्।

प्रहरी निरीक्षक वलीका अनुसार नजिकै घर भएका दीपक खनालका भाइले बिहान तीन महिनाकी छोरी रोइरहेको सुनेपछि ढोका खोलेर हेर्ने क्रममा दुवै जना झुण्डिएको अवस्थामा फेला परेका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको वलीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार