• मंगलबार, असोज २० २०८३

९ हजारमा प्रयोग गरिएको चिनियाँ खोप सुरक्षित देखियो : अध्ययन


मंगलबार, कार्तिक ४ २०७७
795
Shares


काठमाडौं । चीनको सिनोभ्याक बायोटक कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप सुरक्षित रहेको ब्राजिलको अध्ययनले देखाएको छ।

सोमबार ब्राजिलको बुतन्तन इन्स्टिट्युटले आफूले गरेको परीक्षणमा सिनोभ्याकको खोप सुरक्षित देखिएको बताएको हो।

अन्तिम चरणको परीक्षणको सुरुवाती परीक्षणहरुमा यस खोपले सकारात्मक परिणाम दिएको बुतन्तन इन्स्टिट्युटको भनाइ छ।

अन्तिम चरणको परीक्षणको सुरुवाती परिणाम सार्वजनिक गर्ने सिनोभ्याक विश्वकै पहिलो औषधि निर्माता कम्पनी हो।

साओ पाउलोस्थित बुतन्तन इन्स्टिट्युट ब्राजिलकै मुख्य चिकित्सा अनुसन्धान केन्द्र हो। हाल यस केन्द्रले सिनोभ्याकले निर्माण गरेको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ।

९ हजारमा यस खोप प्रयोग भएपछि बुतन्तनले सिनोभ्याकको खोप सुरक्षित रहेको बताएको हो। यद्यपी १५ हजारमा यस खोप परीक्षण गरिएपछि मात्र पुरा अनुसन्धान सार्वजनिक गरिने बताइएको छ। एससीएमपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार