काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा थप १ हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ४ सय ३१ , भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना पुष्टि भएको हो।
सोमबार उपत्यकामा २ हजार ३ सय८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।